‘धुरन्धर–२’ हजार करोड नजिक

काठमाडौं । बलिउड सिनेमा ‘धुरन्धर–२’ले पाँच दिनमा वर्ल्ड वाइड ७६४ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ ।

भारतमा ५४९ करोड र भारत बाहिर २१५ गरी जम्मा ७६४ करोड ग्रसकलेक्सन गरेको हो ।

‘धुरन्धर–२’ले एक हजार करोडको वर्ल्ड वाइड कलेक्सनको बेन्चमार्क अबको केही दिनमै पार गर्दैछ ।

आदित्य धरको लेखन तथा निर्देशन रहेको जासुसी थ्रिलर ‘धुरन्धर–२’ मा रणवीर सिंहसँगै आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन, राकेश बेदी लगायत कलाकारको अभिनय छ ।

‘धुरन्धर–२’मा पाकिस्तानको आतंकवादी समूहविरूद्ध लड्ने भारतीय जासुसी मिसनको कथा छ । ‘धुरन्धर–१’ जस्तै यसको सिक्वेललाई पनि दर्शकले रुचाइरहेका छन् ।