२०८२ बक्सअफिस: ५६ चलचित्रले कमाए १ अर्ब ८ करोड, गत वर्ष भन्दा कमजोर

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि विसं २०८२ व्यापारिक हिसाबले सन्तोषजनक देखिएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको चालु वर्षको वार्षिक समीक्षा तथ्यांक अनुसार यस वर्ष प्रदर्शनमा आएका ५६ वटा स्वदेशी चलचित्रले १ अर्ब रुपैयाँभन्दा माथिको कारोबार गरेका छन् ।

बोर्डका अनुसार २०८२ सालमा प्रदर्शन भएका ५६ चलचित्रले कुल १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० रुपैयाँ ग्रस कलेक्सन गरेका छन् । यो वर्ष हलसम्म पुगेर नेपाली सिनेमा हेर्ने दर्शकको संख्या (टिकट बिक्री) ३७ लाख ८१ हजार ५४४ पुगेको छ ।

तथ्यांकलाई हेर्दा २०८१ सालको तुलनामा भने २०८२ को व्यापार केही कमजोर देखिएको छ । २०८१ सालमा ५९ वटा चलचित्र प्रदर्शन हुँदा १ अर्ब ८० करोड रुपैयाँ संकलन भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब ७२ करोड रुपैयाँले व्यापार घटेको देखिन्छ ।

‘परान’ वर्षकै हिट, ‘आ बाट आमा’ दोस्रो

वर्षको अन्यमा एक चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुन बाँकी रहेको छ । यस वर्ष प्रदर्शन भएका ५६ चलचित्रमध्ये वर्षभरिमा ४ वटा सिनेमाले १० करोडको आँकडा पार गरेका छन् ।

व्यापारिक हिसाबले ‘परान’ १७ करोड ७६ लाख ८४ हजार ४१० कमाउँदै वर्षकै सर्वाधिक सफल सिनेमा सावित भएको छ । दोस्रो स्थानमा ‘आ बाट आमा’ (१३ करोड १३ लाख ७८ हजार ५२०), तेस्रो स्थानमा ‘जेरी अन टप’ (१२ करोड २८ लाख ८४ हजार) र चौथो स्थानमा ‘उनको स्विटर’ (११ करोड ४१ लाख ९२ हजार १९५) रहेका छन् ।

यस वर्ष औसत व्यापार गर्ने चलचित्रको संख्या न्यून रह्यो । ०८२ सालको नेपाली चलचित्र बजारमा ‘ठूला माछाले साना माछा खाए’ भनेझैँ कुल ५६ मध्ये ४ वटा चलचित्रले मात्रै समग्र बजारको करिब ५० प्रतिशत (५४ करोड ६० लाख) हिस्सा ओगटेका छन् । बाँकी ५२ चलचित्रले कुल ५३ करोडको हाराहारीमा व्यापार गरेका छन् । यसले नेपाली बजारमा केही सीमित ‘स्टार’ र ‘ब्रान्ड’को मात्र वर्चस्व रहेको र धेरै चलचित्रहरू व्यवसायिक रूपमा असफल भएको देखाउँछ ।

१ करोड देखि ७ करोडको बीचमा व्यापार गर्ने सिनेमा १२ वटा रहेका छन् भने १० लाख देखि ९९ लाख (लाख सम्म) व्यापार गर्ने सिनेमा २० वटा रहेका छन् ।

५६ चलचित्रको विस्तृत व्यापारिक विवरण यस प्रकार छ:

क्र. सं.चलचित्रको नामकुल टिकट बिक्रीकुल कमाइ (रु. ग्रस)
भुटान – द वर्ल्ड्स ह्यापिएस्ट म्यान६,८११२२,२०,४८०.७२
खेल ४,८१०१४,७९,०२५.५४
देवि३,९५६१५,५०,६७०.००
झिल्को: द स्पार्क३,४५०८,४०,३८७.८४
उनको स्विटर३,९२,२४३११,४१,९२,१९५.२०
के घर के डेरा – घर नं. २१८,९९६५,८८,८१,१३२.११
हेलो काशीराम१३२३४,२००.००
नरसिंह अवतार६६,५४६१,८२,४७,६३१.०४
महाभोज२४,८२१६८,८६,७५५.७८
१०जन्ते बाख्रो१३,३१०३८,८६,२९०.६८
११यो मन त मेरो नेपाली हो३,५२९९,२५,१७९.७६
१२रियाल रिङ्गेट१,५२८५,१२,७३१.२४
१३मोहर१,८९,१९६५,०८,९५,५१२.६७
१४सिटामोल१७,११०४८,९४,१४०.८५
१५बैद्य बा१८८५६,४००.००
१६माग्ने राजा१,६७,४८३४,६९,४३,६५१.३०
१७जनै हराएको मान्छे४४,९७७१,२३,८१,६८९.२८
१८ताराहरु९९७३,८७,६५२.००
१९कोसेढुङ्गा५९,४०८१,७२,३६,१४४.६२
२०गुन्यू चोलो२३,२७०६७,४८,५३८.८४
२१रीमै४८,१०६१,३८,७६,८८०.७४
२२बलिदान१,७१,९७६५,१०,५१,१७२.४१
२३हरि बहादुरको जुत्ता१,५०,६०८४,७१,३८,६८७.६८
२४माइतिघर१,४५,१०६४,१६,३१,८६३.१६
२५जेरी अन टप३,९६,५९७१२,२८,८४,०००.९०
२६बरिष्ठ बलराम८७,३८३२,६०,७९,४०९.७७
२७सोल्टिनी९,११७२९,४६,३०६.९८
२८मैझारो३५,६१३१,०४,८६,१३८.८२
२९परान६,३०,६९११७,७६,८४,४१०.१०
३०जारी २२,०९,३३३६,२४,१७,४५३.७५
३१मन बिनाको धन१,४७,८१९३,८२,०१,९१४.२०
३२लडाइँ पहिचानको४१८१,१३,८७०.००
३३हर्ष८,८६३२८,७७,३३६.३३
३४अभिमन्यु- च्याप्टर १६,९०२२१,५९,५३४.५२
३५पि.आर. (PR)२,१९१६,९०,१६३.२८
३६लोकान्ती१,४२७४,१४,०४०.००
३७चिराग३८८८५,८५०.००
३८झरी पछिको इन्द्रेणी४०,४४७१,२८,१७,६४९.७८
३९मुग्लान२,४२६६,३६,१६९.९४
४०एकलो-I१४,२२६४६,८७,२८५.६८
४१दिमाग घोच्ने मान्छे८७०३,२५,९००.००
४२गोबर गणेश४९,३४६१,३९,६८,९८६.६७
४३भाइरल गोर्खे११,२६१३५,९७,६५५.९०
४४मिर्मिरे१०,८६३३३,८५,६७५.४४
४५परिवर्तन११,२८१३१,८१,७१०.२३
४६आ बाट आमा५,०४,३२९१३,१३,७८,५२०.३०
४७द ब्लु लाइट८३२३,१९,५९५.००
४८कुमारी२०,८१७६६,२५,४५१.४८
४९रमिताको पिरती९,९७३३०,८४,०८३.००
५०बिगुल२,७२२९,२८,८६०.००
५१श्री बुकुरो: द होम कलिङ१,०३५३,७३,४२५.००
५२शिवांश७८७२,६१,७५०.००
५३प्रवासी जीवन५२९१,४४,२७०.००
५४इन्दिरा धिमे माइचा७८११,७००.००
५५लालिमा२,०४०५,२९,७३८.८८
५६हामी तीन भाई२,३८३६,५३,०४०.६८