व्यापारमा नेपाली चलचित्र भन्दा विदेशीको बढी, हेर्ने संख्यामा धेरै नेपाली

काठमाडौं । चलचित्र विकास बोर्डले विसं २०८२ मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी दुवै चलचित्रको व्यापारिक विवरण सार्वजनिक गरेको छ । यस वर्ष नेपाली चलचित्रले १ अर्बको आँकडा पार गर्दा विदेशी (अन्तर्राष्ट्रिय) चलचित्रहरूले पनि नेपाली बजारमा बलियो उपस्थिति जनाएका छन् ।

बोर्डका अनुसार नेपालमा अन्तर्राष्ट्रियतर्फ कुल ९३ वटा चलचित्र प्रदर्शनमा आएका छन् । जसमा दक्षिण भारतीय (साउथ), बलिउड र हलिउड सिनेमाहरू रहेका छन् ।

यो वर्ष प्रदर्शनमा आएका अन्तर्राष्ट्रिय (विदेशी) चलचित्रको तुलनामा नेपाली चलचित्र हेर्ने दर्शकको संख्या बढी देखिएको छ ।

यस वर्ष ९३ वटा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनमा आएका छन्, जसले कुल १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ रुपैयाँ ग्रस कलेक्सन गरेका छन् । यद्यपि, दर्शक संख्या (टिकट बिक्री) मा भने नेपाली चलचित्रले बाजी मारेको छ ।

यो वर्ष नेपाली चलचित्र हेर्ने दर्शकको संख्या ३७ लाख ८१ हजार ५४४ रह्यो भने अन्तर्राष्ट्रिय चलचित्रका लागि ३३ लाख २२ हजार ७५७ टिकट बिक्री भए । यसको अर्थ, विदेशी चलचित्रको तुलनामा ४ लाख ५८ हजार ७७८ जना बढी दर्शकले नेपाली चलचित्र सिनेमा हलमा गएर हेरेका छन् । ५६ वटा नेपाली चलचित्रले १ अर्ब ८ करोड कमाउँदा ९३ वटा विदेशी चलचित्रले १ अर्ब ११ करोड कमाएका हुन् ।

अन्तर्राष्ट्रियतर्फ १० करोड माथि ४ वटा चलचित्र (कान्तारा च्याप्टर १, धुरन्धर २, धुरन्धर १, र सैयारा) ले १० करोड कमाए ।
करिब २६ वटा चलचित्रले १ करोडभन्दा माथिको व्यापार गरे । जसमा ‘अवतार’, ‘हाउसफुल ५’, ‘वार २’ र ‘कुलि’ जस्ता फिल्महरू छन् ।

करिब ४० वटा चलचित्रले लाखको व्यापारमा चित्त बुझाउनु पर्यो । जसमा ‘केसरी च्याप्टर २’ (९० लाख), ‘मिसन इम्पोसिबल’ (९९ लाख), र ‘सुपरम्यान’ (१३ लाख) जस्ता फिल्महरू समेत परेका छन् ।

झन्डै २३ वटा विदेशी चलचित्रले नेपाली बजारमा १० लाख रुपैयाँ पनि कमाउन सकेनन् । ‘अग्निपरीक्षा’ (३,५००), ‘नारी शक्ति’ (४,१५०) र ‘अवेध’ (५,७००) यस वर्षकै सबैभन्दा कम कमाउने विदेशी चलचित्र बने ।

रिलिजका हिसाबले विदेशी चलचित्रको संख्या नेपालीभन्दा झन्डै दोब्बर भए तापनि दर्शकको आकर्षण भने नेपाली मौलिक कथामै बढी देखिएको छ । नेपाली फिल्म ‘परान’ (१७ करोड) को व्यापार अझै पनि यो वर्षका कुनै पनि विदेशी फिल्मले उछिन्न सकेका छैनन् । यसले नेपाली चलचित्र क्षेत्रमा दर्शकको विश्वास र बजार विस्तार भइरहेको संकेत गर्दछ ।

विदेशी चलचित्रमा कसको व्यापार कति ?

SNचलचित्रको नाम (International Movies)कुल टिकट बिक्रीकुल ग्रस कलेक्सन (रु.)
Kesari Chapter 2: The Untold Story of Jallianwala Bagh२६,२८१९०,२८,५५६.५३
Andaz Apna Apna (Re-Release)१,४३५३,९६,०६६.९९
Oye Bhootni Ke१,१९३३,२४,११४.८९
HIT: The Third Case२२,४१८६८,२६,४३४.६३
Thunderbolts१२,७२९५३,५८,४०६.१४
Raid 2३५,०४७१,२६,३६,७१०.८७
Jaar५,७३९१८,७३,३३९.०१
Final Destination: Bloodlines४६,५१९१,५८,५२,१००.५२
Mission: Impossible – The Final Reckoning२३,२१८९९,५९,८६२.३४
१०Bhool Chuk Maaf१६,६२२५२,५२,३८७.३३
११Lilo & Stitch४,२८६२२,९८,२७०.१८
१२Karate Kid: Legends५,९४४२२,०८,८८२.०७
१३Thug Life२,१८१७,८९,०८२.४७
१४Housefull 5१,५९,०५४४,९४,२१,५२३.४२
१५How to Train your Dragon१४,९४८६५,३१,५०२.४१
१६Ballerina७,६९१२७,१७,५०३.६६
१७28 Years Later५,३५५१८,८६,३८६.००
१८Elio१,५१८७,५२,५५९.९८
१९Kuberaa१६,११०४६,२१,७८६.३५
२०Maa२४,७३३७४,८४,१६६.०३
२१F1: The Movie१६,७१८६८,१३,०४९.८५
२२M3GAN 2.0५१४२,२५,१७१.००
२३Naruto the Movie: Ninja Clash in the Land of Snow३५२१,१४,३५६.९९
२४Sitaare Zameen Par९७,३२१३,२३,८७,५९२.८१
२५Kannappa१२,०४३३४,९४,४१३.६०
२६Jurassic World: Rebirth२७,९५९१,१९,९२,५२३.३४
२७Metro In Dino२२,५८७७४,९९,२२५.३५
२८Nafratein१३३३६,४५२.६६
२९Superman३३,६५४१,३५,४५,३४८.१४
३०Maalik१४,९७७४४,३४,१६३.०१
३१I Know What You Did Last Summer१,०९९४,११,६६३.०१
३२Saiyaara३,३४,३५४१०,१४,०५,५०४.८०
३३Nikita Roy१,३५१४,९४,७८२.४०
३४Tanvi: The Great७२५२,६५,०४३.००
३५Mahavatar Narsimha५२,३३२१,६६,३०,०३९.४५
३६The Fantastic Four: First Steps२२,५२८९१,६६,१६३.४२
३७Son of Sardaar 2२२,६१३७४,३०,२७५.२८
३८Dhadak 2१२,४६०४०,४३,६१९.२७
३९Saamrajya८,६६०२७,७२,९१३.७९
४०Weapons८,२०८३२,२४,१०३.९९
४१Coolie७७,७३८२,४१,८०,३०१.५४
४२War 2१,१८,२८४३,८६,३९,०३०.१९
४३Vash Level 2४,५२७१६,०५,०४४.११
४४Param Sundari२०,६७४७२,६०,९१७.९५
४५Noise७०३१,९१,०४०.००
४६The Conjuring: Last Rites६३,१३९२,३१,७२,९९०.२२
४७Baaghi 4४०,७२७१,२३,८५,५९७.३८
४८Demon Slayer: Infinity Castle५८,५४०२,०१,०८,१५४.१५
४९Mirai८,४०७२६,०७,९८६.०३
५०Jolly LLB 3३९,२४९१,४३,३२,६१०.८४
५१One Battle After Another२,९८११२,९९,७८७.९९
५२Awaidh५०५,७००.००
५३They Call Him OG९,७१६३२,०८,८६५.९८
५४Kantara A Legend: Chapter 1३,८३,१२९१२,३५,३२,८४०.१०
५५Tron: Ares१,३१२५,५५,७४५.०१
५६Nari Shakti४५४,१५०.००
५७Thamma७१,९९२२,५०,०३,३२७.१४
५८Ek Deewane Ki Deewaniyat१४,१६५४५,०६,२६२.००
५९Chainsaw Man – The Movie४,८६३१८,३२,४२१.९७
६०Shree 420१८०१९,६००.००
६१Baahubali: The Epic३५,१४२१,१७,१०,७५९.३२
६२Predator: Badlands६,८९४३१,२४,७२७.९८
६३The Girlfriend८९५३,३८,५७९.००
६४The Running Man९४१३,८८,८५६.००
६५Dhaago१२४३९,६२०.००
६६Wicked For Good३,६८६२०,०१,०५६.९९
६७Tere Ishk Mein१,१५,७१५३,६२,६०,११३.६७
६८Dhurandhar३,१८,८०७१०,५०,७७,८२१.२०
६९Akhanda 2 Thaandavam५,१४०१५,२३,५६३.४६
७०Sholay – The Final Cut९२७२,२३,८२५.००
७१Avatar: Fire and Ash१,६२,४४२६,६८,४३,४८९.३८
७२Million Views४७१९,२५०.००
७३Tu Meri Main Tera…९,७१३३५,३९,५२८.७९
७४Anaconda४,२३४१६,७९,८६६.९९
७५The Sponge Bob Movie१,६६०७,१२,९२८.००
७६(Unnamed Entry)४,४९२१३,७६,५०३.६०
७७The Housemaid३,२९६१२,६४,१३३.०१
७८The Rajasaab५५,०८३१,७६,६६,०३९.२५
७९28 Years Later: The Bone Temple२,२५३८,७२,८२०.००
८०Mercy६३८३,३९,२१०.००
८१Border 2८१,६२०२,६३,२५,५२२.५६
८२Primate१,२९२५,३०,६१०.००
८३The Strangers: Chapter 3५०२२,२३,३६०.००
८४O’ Romeo७२,४५५२,२७,२१,१५७.७०
८५Wuthering Heights२,८०१९,५८,३२६.००
८६Tu Yaa Main१,३२०५,६४,९०५.००
८७Crime 101२,५८९११,६४,१४०.००
८८Scream 7४,२५२१६,६६,९८५.००
८९Aganipariskha३२३,५००.००
९०Project Hail Mary१३,१२८४९,६४,८५५.००
९१Dhurandhar: The Revenge३,६३,३७०१२,२५,०६,७६१.४०
९२They Will Kill You६१४२,५१,१५०.००
९३The Super Mario Galaxy Movie२,६२३१३,२५,३६५.००