पूर्वमिस नेपाल उषा खड्गीले दिइन् सञ्चारकर्मी तिमल्सिनाविरुद्ध प्रहरीमा जाहेरी
काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गीले पूर्वपति सञ्चारकर्मी जीपी तिमल्सिनाविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । भक्तपुर प्रहरी परिसरमा उनले जाहेरी दिएकी हुन् ।
तिमिल्सिना विरुद्ध अभद्र व्यवहारको कसुरमा जाहेरी परको हो । परिसरका डीएसपी प्रकाश गजेवुका अनुसार आप जाहेरी परेको हो । उनले भोलिबाट कानुनी प्रक्रिया सुरु हुने बताएका छन् ।
केही दिनअघि खड्गीले सामाजिक सञ्जालमार्फत तिमल्सिनाले अभद्र व्यवहार गरेको उल्लेख गरेकी थिइन् । उनीहरुबीच सबन्धविच्छेद भइसके पनि एकै घरमा बस्दै आएका छन् ।


