यी हुन् २०८२ मा सबैभन्दा कम कमाउने १० चलचित्र
काठमाडौं । बर्सेनी ठूलो संख्यामा नेपाली चलचित्र घाटामा जान्छन् । यो श्रृंखलाले यो वर्ष पनि निरन्तरता पाएको छ । थुप्रै चलचित्रले घाटामा गएका छन् ।
यो वर्ष सबैभन्दा कम कलेक्सन गर्ने चलचित्रको पहिलो नम्बरमा ‘इन्दिरा धिमे मैचा’ छ । यो चलचित्रको कलेक्सन ११ हजार ७०० रुपैयाँ मात्रै ग्रस कलेक्सन गरेको छ । यो चलचित्र जम्मा ७८ जनाले हेरेको पाइएको छ ।
थोरै कलेक्सन गर्ने चलचित्रको दोस्रो स्थानमा ‘हेलो काँशिराम’ छ । यो चलचित्रले ३४ हजार २०० रुपैयाँ कलेक्सन गरेको छ । यसको १३२ वटा टिकट बिक्री भएको छ ।
सर्वाधिक थोरै कमाउने सिनेमाको सूचीको तेस्रो स्थानमा ‘बैध बा’ छ । ५६ हजार ४०० रुपैयाँ कलेक्सन गर्दा यो चलचित्र १८८ जनाले हेरेका बक्स अफिस तथ्यांक छ ।
चौथो नम्बरमा ‘चिराग’ छ । यो चलचित्र ३८८ जनाले हेरेका छन् । यसले ८५ हजार ८५० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
पाँचौँ स्थानमा रहेको ‘लडाइँ पहिचानको’लाई ४१८ जनाले हेरेका छन् । एक लाख १३ हजार ८७० रुपैयाँ ग्रसकलेक्सन भएको तथ्यांक छ ।
कम कलेक्सन गर्ने सिनोमाको छैटौँ स्थानमा ‘परवासी जीवन’ छ । यो चलचित्रले एक लाख ४४ हजार २७० रुपैयाँ कलेक्सन गरेको छ । ५२९ वटा टिकट बिक्री भएको बक्स अफिस तथ्यांकले देखाएको छ ।
सूचीको सातौँ स्थानमा ‘शिवांश’ छ । ७८७ वटा टिकट बिक्री हुँदा यो सिनेमाले दुई लाख ६१ हजार ७५० रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
आठौं स्थानमा ‘द ब्ल्यू लाइट’ रहँदा तीन लाख १९ हजार ५९५ रुपैयाँ कलेक्सन भएको छ । ८३२ वटा टिकट बिक्री भएको छ ।
नवौँ स्थानमा ‘दिमाग घोच्ने मान्छे’ रहेको छ । तीन लाख २५ हजार ९०० रुपैयाँ ग्रसकलेक्सन हुँदा ८७० जनाले हेरेका छन् ।
सबैभन्दा कम कलेक्सन गर्ने सिनेमाको सूचीको १०औँ स्थानमा ‘श्री बुकुरो’ छ । एक हजार ३५ जनाले हेरेको चलचित्रले तीन लाख ७३ हजार ४२५ रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।


