पूर्वमिस नेपाल उषा खड्गीका पूर्वपति तिमल्सिना पक्राउ

काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गीका पूर्वपति सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन् ।

सोमबार भक्तपुर प्रहरी परिसरमा उषाले आफूमाथि जीपीले अभद्र व्यहार गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

उक्त जाहेरीका आधारमा जीपी मंगलबार बिहान पक्राउ परेका हुन् । भक्तपुरको नेपाल प्रहरी–महिला सेलबाट उनीविरुद्ध सोमवार दिउँसो पक्राउ पूर्जी जारी भएको थियो ।

परिसरका डीएसपी प्रकाश जबेगुले जीपी आज पक्राउ परेको जानकारी दिए । 

गत १७ चैतमा फेसबुकमार्फत उषाले सुरक्षा चाहिएको बताउँदै नयाँ सरकारले आफूलाई न्याय दिनुपर्ने स्ट्याटस लेखेकी थिइन् । साथै, उनलेसामाजिक सञ्जालमार्फत जीपीले अभद्र व्यवहार गरेको उल्लेख गरेकी थिइन् ।

उषा र जीपीबीच सबन्धविच्छेद भइसके पनि एकै घरमा बस्दै आएका छन् । २०७९ जेठ २६ गते उनीहरुबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो ।