यी हुन् यो वर्ष र गत वर्ष सबैभन्दा धेरै कमाउने टप टेन चलचित्र, कसले कति कमाए ?
काठमाडौं । गत वर्ष र यो वर्ष टप टेन कमाइ गर्ने चलचित्रको कमाईमा ठूलो अन्तर देखिएको छ । गत वर्ष टप टेनमा रहेका चलचित्रले कमाई यो वर्षको भन्दा धेरै रहेको देखिन्छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस तथ्यांकअनुसार २०८२ मा प्रदर्शनमा आएका नेपाली चलचित्रमा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्नेमा ‘परान’ छ । यो चलचित्रले बक्सअफिसमा १७ करोड ७६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
दोस्रो धेरै ग्रसकलेक्सन गर्नेमा ‘आ बाट आमा’ छ । यो चलचित्र १३ करोड १३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
तेस्रोमा ‘जेरी अन टप’ छ । यो चलचित्रले १२ करोड २८ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
चौथोमा ‘ऊनको स्वीटर’ले ११ करोड ४१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
पाँचौँमा रहेको ‘जारी–२’ले ६ करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
छैटौँमा रहेको ‘बलिदान’ले पाँच करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
सातौँमा रहेको ‘मोहर’ले पाँच करोड ८९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
आठौँमा रहेको ‘हरि बहादुरको जुत्ता’ले चार करोड ७१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
नवौँ स्थानमा रहेको ‘माग्ने राजा’ले चार करोड ६९ लाख रुपैयाँ ग्रसकलेक्सन भएको छ ।
दशौँ नम्बरमा रहेको ‘माइती घर’ले चार करोड १६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
गत वर्ष ‘पूर्ण बहादुरको सारङ्गी’ सबैभन्दा धेरै कमाउने चलचित्र थियो । यो चलचित्रले ४६ करोड ८० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
दोस्रोमा रहेको ‘१२ गाउँ’ले १९ करोड ९२ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
तेस्रोमा रहेको ‘छक्का पञ्जा ५’ले १५ करोड २० लाख ग्रसकलेक्सन गरेको थियो ।
चौथोमा रहेको ‘बोक्सीको घर’ले १० करोड २ लाख ग्रसकलेक्सन गरेको थियो ।
पाँचौँ स्थामा ‘अञ्जिला’ रहेको थियो । यसले ७ करोड ५० लाख ग्रसकलेक्सन गरेको थियो ।
छैटौँ स्थानामा रहेको ‘पूजार सार्की’ले ७ करोड ३७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
सातौँ स्थानमा रहेको ‘घर ज्वाइँ’ले ५ करोड ९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
आठौँ स्थानमा रहेको ‘फर्की फर्की’ले ४ करोड ८४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
नवौँ स्थानमा रहेको ‘मनसरा’ले ४ करोड ७८ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
दशौँ स्थानमा रहेको ‘लाज शरणम्’ले ४ करोड ३४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।

