‘१२ गाउँ–२’मा अनुपविक्रम शाहीको प्रवेश, हिरो कि भिलेन ?

काठमाडौं । चलचित्र ‘१२ गाउँ–२’मा अनुपविक्रम शाही अनुबन्धित भएका छन् । अनुपले प्रस्ट रुपमा नखुलाए पनि ‘१२ गाउँ–२’मा अनुबन्ध भएको संकेत भने गरेका छन् ।

विराज भट्टसँगको तस्बिर सेयर गर्दै उनले सोमथिङ न्यू, बिग एन्ड एक्साइटिङ इज कमिङ सुन भन्दै विराजलाई मेन्सन गरेका छन् ।

विराजको निर्देशन रहने चलचित्र वैशाखको पहिलो साताबाट छायांकनमा जाँदै छ । यो सिनेमामा समीर भट्ट पनि रहने निश्चित छ । किन भने ‘बलिदान’ पछि समीरले यही चलचित्रमा काम गर्ने भन्दै कुनै पनि सिनेमामा काम गरेका छैनन् ।

त्यसैले उनी यो सिनेमामा नायकको रोलमा रहने पक्का छ । त्यसैले अनुप ‘१२ गाउँ–२’मा हिरो कि भिलेन के भूमिकामा हुनेछन् भन्ने यकिन छैन । निर्माणपक्षले पनि केही खुलाएको छैन ।

तर, अनुप प्राय खलपात्रमा धेरै देखिने कलाकार हुन् । त्यसैले यसमा पनि खलपात्र कै भूमिकामा रहने सम्भावना उच्च छ ।

‘१२ गाउँ–२’मा विराजको पनि अभिनय रहनेछ । यो चलचित्र आउँदो दसैँमा रिलिज हुनेछ । ‘१२ गाउँ–२’ गत वर्षको सुपरहिट सिनेमा ‘१२ गाउँ’को सिक्वेल हो । यो सिनेमाले १९ करोड ९२ लाख रुपैयाँ कलेक्सन गरेको थियो । समीर भट्ट यही सिनेमा मार्फत सुपरस्टारमा दर्ज भएका थिए ।

विराज पनि ‘१२ गाउँ’बाट नै सफल कमब्याक गर्न सफल भएका थिए ।