बलिउड गायिका आशा भोसलेलाई हृदयघात
काठमाडौं । बलिउड गायिका आशा भोसलेलाई हृदयघात भएको छ । हृदयघात भएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ ।
प्रशंसकहरू र सिनेमा तथा संगीत उद्योगका उनी निकट व्यक्तिहरूले उनको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेका छन् ।
९२ वर्षीया भोसलेको आपतकालीन चिकित्सका इकाइमा उपचार भइरहेको छ । ब्रीच क्यान्डी अस्पतालमका डाक्टर प्रतीक समदानीका अनुसार उनलाई आज हृदयघात भएको हो ।
आशा भोसलेले नेपाली दर्जनभन्दा बढी सुपरहिट गीत गाएकी छन् ।

