भदौ १२ गते आउँदैछ ‘जदौ’
काठमाडौं । चलचित्र ‘जदौ’को नयाँ डिजाइनका पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको चलचित्र भदौ १२ गते प्रदर्शन हुनेछ ।
सिल्भर स्क्रीन इन्टरटेन्मेन्टसँगको सहकार्यमा समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मको
सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरु मुकुन भुसाल, रिचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापा फरक–फरक भावमा प्रस्तुत गरिएको छ ।
अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण भएको फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, सुमित्रा देवकोटा, नारायण शास्त्री, अर्जुन खड्का र गोकुल केसी छन् ।
श्याम तामाङले खिचेको चलचित्रको स्क्रिप्ट निर्देशक काजी स्वयमले लेखेका हुन् । सिपी पुडासैनी, बिनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, खड्गबहादुर पुन, बिशाल पहाडी, सुन्दर धिताल, नरेश पौडेललगायत कलाकारको अभिनय छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मका गीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ ।

