चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार संघ नेपालमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

शनिबार राति सम्पन्न संघको १० औं महाधिवेशनबाट समीर बलामी अध्यक्ष पदमा पुनः निर्वाचित भएका छन् ।
बलामीले निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीलाई पराजित गर्दै दोस्रो पटक नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् ।

निर्वाचनबाट उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा निर्वाचित भए भने उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्ष (महिला) मा दीपज्योति थापा निर्वाचित भइन् ।

महासचिवमा गोपीकृष्ण चापागाईं, सचिवमा मदन रिजाल निर्वाचित भएका छन् । सचिव (समावेशी) तर्फ महम्मद जालिम निर्विरोध चयन भएका छन् ।

यसैगरी, कोषाध्यक्षमा मनिष अन्जान र सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन् ।

संघको सदस्य पदमा सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल (पूजा), दीपराज क्षेत्री र सालिकराम न्यौपाने निर्वाचित भएका छन् ।