‘परालको आगो’ले पार गर्यो चार करोडको आकडा
काठमाडौं । चलचित्र ‘परालको आगो’ले चार करोडका आकडा पार गरेको छ । वैशाख ११ गतेबाट प्रदर्शनमा आएको चलचित्रले शनिबारसम्म चार कारोडको आकडा पार गरेको हो ।
शनिबारसम्म यो चलचित्रले चार करोड २५ हजार रुपैयाँ कलेक्सन गरेको चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकमा उल्लेख छ ।
‘परालको आगो’मा सौगात मल्ल, प्रकाश सपूत र सुहाना थापा मुख्य भूमिकामा छन् । चलचित्रलाई लक्षण सुनारले निर्देशन गरेका छन् ।
गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ कथामा यो सिनेमा बनेको हो । हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई सुशील पोखरेलले निर्माण गरेका हुन् ।
सुशील देवकोटाको पटकथा तथा संवाद लेखन रहेको चलचित्रमा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ ।
४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले यही कथा र शीर्षकमा चलचित्र बनाएका थिए ।




