‘राम नाम सत्य’ निर्देशकको ‘हेराई’ घोषणा

काठमाडौं । चलचित्र ‘राम नाम सत्य’का निर्देशक माइकल चन्दले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘हेराई’ राखिएको छ ।

हाल यो चलचित्रको प्रि–प्रोडक्सनको काम चलिरहेको छ । फिल्मको छायांकन केही महिनामा नै सुरु गर्ने तयारी माइकलको छ ।

यसपटक भने माइकलले पूर्णतया लभ स्टोरी कथामा फिल्म बनाउने तयारी गरेका छन् । ‘राम नाम सत्य’ भने एक्सन जनराको फिल्म थियो ।

‘हेराई’ लागि कलाकारहरु कोही पनि फाइनल भएका छैनन् । ‘एक हेराई अनेक वुझाई’ ट्याग लाइन दिइएको यो फिल्मलाई किशोर भट्ट, हेमन्त शाह र स्वेता विमलीले निर्माण गर्ने पक्का भएको छ । फिल्मका सह–निर्माता राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् ।

निर्देशक माइकल भन्छन्, “यसपटक हामीले पूर्णतया लभ स्टोरी कथामा फिल्म बनाउँदैछौं । यो फिल्मले मानिस अनुसार हेराई फरक फरक हुने कथा भन्छ ।”