चलचित्र पत्रकार संघले कसकसलाई दियो पुरस्कार ?

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा विभिन्न सम्मान र पुरस्कार वितरण गरेको छ ।

संघले ५५ हजार ५५५ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता राजत सम्मान’ अनन्त वाग्लेलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ जयन सुब्बा मानन्धरलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ कुवेरराज गिरीलाई, रु ५१ हजार राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ वैकुण्ठराज पराजुलीलाई, रु ५१ हजार राशिको दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ सुरक्षा भट्टराईलाई र रु २५ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान’ मिलन ढुङ्गानालाई प्रदान गरेको हो ।

संघद्वारा बिहीबार साँझ आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, महानायक राजेश हमाल, कलाकारहरू वसुन्धरा भुसाल, भुवन चन्द, करिश्मा मानन्धर, निखिल उप्रेती, रेखा थापा, संघका अध्यक्ष समीर बलामीलगायतले सो सम्मान र पुरस्कार वितरण गरेका हुन् ।