राष्ट्रिय चलचित्र अवार्ड २०८२: उत्कृष्ट अभिनेता नीर शाह, उत्कृष्ट अभिनेत्री मिरुना मगर
काठमाडौं । राष्ट्रिय चलचित्र अवार्ड २०८२ अन्तर्गत चलचित्र विकास बोर्डले विभिन्न ११ विधामा पुरस्कार प्रदान गरेको छ ।
शुक्रबार राष्ट्रपति निवास महाराजगञ्जमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा विभिन्न विधाका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको हो ।
यस वर्षको उत्कृष्ट चलचित्रको अवार्ड नवीन चौहानद्वारा निर्देशित चलचित्र ‘ऊनको स्वीटर’ले जितेको छ । निर्देशक चौहानले सोही चलचित्रमार्फत २५ हजार नगदसहित उत्कृष्ट निर्देशकको पुरस्कार पनि प्राप्त गरेका छन् ।
यस्तै, उत्कृष्ट अभिनेताको पुरस्कार चलचित्र ‘परान’बाट २५ हजार नगदसहित नीर शाहले पाएका छन् । उत्कृष्ट अभिनेत्रीको पुरस्कार चलचित्र ‘ऊनको स्वीटर’बाट मिरुना मगरले पाइन् । उनले पनि २५ हजार नगद पुरस्कार प्राप्त गरिन् ।
चलचित्र ‘परान’बाट दिपक प्रसाद आचार्य र यम थापाले उत्कृष्ट लेखकको अवार्ड जितेका छन् । त्यस्तै, चलचित्र ‘कोशेढुंगा’ बाट ५ हजार नगद पुरस्कारसहित बाबु श्रेष्ठलाई उत्कृष्ट ‘छायांकन’को पुरस्कार प्रदान गरिएको छ ।
उत्कृष्ट सम्पादनको विधामा भने चलचित्र ‘कोशेढुंगा’ का सम्पादक नहकुल खड्का विजेता बनेका छन् ।
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रको रुपमा नेपाल भाषामा बनेको फिल्म ‘इन्दिरा धिमे मैचा’ लाई छानिएको छ ।
यसैगरी, निर्णायक समितिको विशेष प्रोत्साहन पुरस्कार चलचित्र ‘रमिताको पिरती’बाट अभिनेत्री आना शर्मा र चलचित्र ‘झरी पछीको इन्द्रेणी’बाट बिमोचन दवाडीले प्राप्त गरेका छन् ।
यस्तै विशेष चलचित्र पुरस्कार ‘नाक्छोङ’बाट ज्योति राज राईलाई प्रदान गरिएको छ ।
कार्यक्रममा विभिन्न विधामा योगदान दिने चलचित्र प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, अभिनेत्री मेनुका प्रधान , निर्माता/प्रदर्शक डा. सिंह गुरुङ , पत्रकार प्रकाश सुवेदी , निर्देशक अभिनाश विक्रम शाह , अभिनेता रोहित रुम्बा , अभिनेत्री एञ्जिला सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता बिनोद सेरचन, प्रोडक्सन म्यानेजर शङ्कर पाण्ड सम्मान र स्वर्गीय चलचित्र पत्रकार दिनेश सिटौलालाई ५० हजार नगदसहित (मरणोपरान्त) सम्मान गरिएको थियो ।
राष्ट्रिय चलचित्र अवार्ड २०८२ विजेताहरूको सूची:
- दीर्घ साधना सम्मान – मदन कृष्ण श्रेष्ठ, बरिस्ठ अभिनेता (रु. तीन लाख ७५ हजार नगदसहित)
- उत्कृष्ट चलचित्र – उनको स्वीटर (रु. २५ हजार नगदसहित)
- उत्कृष्ट निर्देशक – नबिन चौहान (उनको स्वीटर) (रु. २५ हजार नगदसहित)
- उत्कृष्ट अभिनेता – नीर शाह (परान) (रु. २५ हजार नगदसहित)
- उत्कृष्ट अभिनेत्री – मिरुना मगर (उनको स्वीटर) (रु. २५ हजार नगदसहित)
- उत्कृष्ट लेखक – दिपक प्रसाद आचार्य र यम थापा (परान) (रु. २५ हजार नगदसहित)
- उत्कृष्ट छायाङ्कन – बाबु श्रेष्ठ (कोशेढुंगा) (रु. २५ हजार नगदसहित)
- उत्कृष्ट सम्पादन – नहकुल खड्का (कोशेढुंगा) (रु. २५ हजार नगदसहित)
- उत्कृष्ट आदिवासी चलचित्र – इन्दिरा धिमे मैचा (नेपाल भाषा) (रु. २५ हजार नगदसहित)
- जुरी प्रोत्साहन – आना शर्मा (रमिताको पिरती) र बिमोचन दवाडी (झरी पछीको इन्द्रेणी)
- विशेष चलचित्र पुरस्कार – नाक्छोङ (ज्योति राज राई)
सम्मान - विष्णु गोपाल श्रेष्ठ – चलचित्र प्रदर्शक
- मेनुका प्रधान – अभिनेत्री
- डा. सिंह गुरुङ – निर्माता/प्रदर्शक
- प्रकाश सुवेदी – पत्रकार
- अभिनाश विक्रम शाह – निर्देशक
- रोहित रुम्बा – अभिनेता
- एञ्जिला सुब्बा – अभिनेत्री
- लक्ष्मी बर्देवा – अभिनेत्री
- बिनोद सेरचन – निर्माता
- शङ्कर पाण्डे – प्रोडक्सन म्यानेजर
- स्वर्गीय दिनेश सिटौला – पत्रकार (रु. ५० हजार नगदसहित)
