सुजन चापागाईंले आफूमाथि लागेको आरोपबारे के भने ?

काठमाडौं । लोकप्रिय गायक सुजन चापागाईंले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले आफूमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

“केही दिन यता सोसियल मिडियामा म सँग सम्बन्धित प्राईभेट मेसेजका सन्दर्भमा आएका तथ्यहरूको बारेमा म अत्यन्त चिन्तित एवम दुखि भएको छु । बिगतमा म सँग निटक सम्बन्धमा रहेका अनि मैले नजिक ठानेका साथीहरूसँग मेसेज आदानप्रदान गरेको कुरा सत्य हो,” उनले फेसबुकमा लेखेका छन्, “जसबाट उत्पन्न भएको दुखद परिस्थितिको निम्ति म अन्तरहृदय देखि नै माफि माग्न चाहन्छु । तर जे जति सामग्रीहरू सोसियल मिडियामा आएका छन ति सबैका सबै प्रति चाँहि म अनबिज्ञ छु ।”

आफ्नो सोसल मिडिया अरुले चलाएको समयमा भने दुरुपयोग भएको हुनसक्ने उनले आशंका गरेका छन् । “मेरो सोसियल मिडिया मैले मात्र ह्याण्डल गर्न सम्भव नभएको हुँदा बिभिन्न काल खण्डमा सोसियल मिडिया म्यानेजरहरु ले म्यानेज गर्ने गरेको र सोहि समयमा कँहि कतै दुरुपयोग भयो कि भन्ने मेरो प्रारम्भिक अनुमान छ,” उनले लेखेका छन्, “साथै मेरो नामका धेरै फेक अकाउण्टहरू सकृय रहेको जानकारीमा आएको छ । यि अनैतिक एवम अनुत्तरदायिक हर्कतका विरुद्ध आवश्यक छानविन प्रकृया शुरु गरिसकेको छु, मेरो अष्ट्रेलिया सांगितिक यात्रा सकिए लगतै नेपाल गएर कानुनी उपचारमा जानेछु ।”