चलचित्रमा सरकारको सय दिनको उपलब्धी– एउटा हल सञ्चालन गर्न अनुमति, अर्को सम्मान प्रदान
काठमाडौं । सरकारले शनिबार सय दिनको सरकारको उपलब्धी सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारको सय दिनको उपलब्धी सार्वजनिक गरेका हुन् ।
सञ्चार मन्त्रालय अन्तगर्त रहेको चलचित्र क्षेत्रमा भएका काम पनि सरकारले समेटेको छ । जसमा दुईवटा बुँदा समेटिएको छ ।
पहिलोमा जय नेपाल हल सञ्चालनमा आएको र दोस्रोमा चलचित्रले ‘इलिफेन्ट्स इन द फग’लाई गरेको सम्मान छ ।
‘लामो समयदेखि बन्द अवस्थामा रहेको काठमाडौंको हात्तिसारस्थित जय नेपाल चलचित्रघरको पुनः सञ्चालनका लागि चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्र प्रदान भएको,’ भन्ने उल्लेख छ ।
अर्को बुँदामा ‘कान्स फिल्म फेस्टिबल २०२६ बाट जुरी अवार्ड प्राप्त गर्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’लाई चलचित्र विकास बोर्डबाट विशेष समारोह आयोजना गरी सम्मानसहित प्रोत्साहन स्वरुप रू दुई लाख पचास हजार नगद पुरस्कार मिति २०८३ जेठ २८ गते प्रदान गरिएको’ भन्ने उल्लेख छ ।
।
सरकार गठन हुँदा सय दिनमा गर्ने काम भन्दै सरकारले १०० बुँदे सूची सार्वजनिक गरेको थियो ।

