‘ककाकिकी’को सस्पेन्स टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘ककाकिकी’को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक टिजरमा सिनेमा अधिकांश मुख्य पात्र छन् । संवाद पनि छ । तर, टिजरले स्टोरी सस्पेन्स नै राखेको छ ।
भदौ १९ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, अभिनेता महेश त्रिपाठी, दीया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्ग बहादुर पुन मगर, सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोग लगायतको पनि अभिनय छ ।
चलचित्रलाई बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा निर्देशन गरेका छन् ।

