राजेश र यशले सार्वजनिक गरे सुमन सरगमको ‘आफ्नो बनाई लैजाउ’
काठमाडौं । गायक सुमन सरगमले नयाँ गीत ‘आफ्नो बनाई लैजाउ’ सार्वजनिक गरेका छन् । चर्चित गायकद्धय राजेश पायल राई र यश कुमारले संयुक्त रुपमा ‘आफ्नो बनाई लैजाउ’को भिडियो सार्वजनिक गरेका हुन् ।
राजेश पायलले आफूले खोजी प्रतिभाको नामक रियालिटी शोको निर्णायक हुँदा भेटेको एक सुन्दर प्रतिभा सुमन सरगम भएको बताए ।
अर्का गायक यश कुमारले सुमनलाई आफूले उ पहिलोपटक काठमाडौं आउँदा भेटेको बताए । ठमेलको एक रेष्टुरेन्टमा पहिलो पटक भेट्दा गाउँबाट आएको एक सामान्य युवा जसको काठमाडौंमा कोही थिएन । मलाई दाइ मेरो लागि बस्ने ठाउँ र जागीरको व्यवस्था गरिदिनू भनेपछि उसको गायन कला देखेर सहयोग गरेको स्मरण गरे ।
सुमन र गायिका मेलिना राईको स्वर रहेको गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ । शान थापाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा गरिमा शर्मासँग गायक सरगम आफैले अभिनय गरेका छन् ।


