रणवीरले ट्रोल भएपछि कसरी दिए जवाफ ?

काठमाडौं । भगवान रामको भूमिका निर्वाह गरेकोमा भएको ट्रोलको अभिनेता रणवीर कपूरले जवाफ दिएका छन् । नितेश तिवारीको फिल्म ‘रामायणम’को टिजर रिलिज भएपछि अभिनेता रणवीर कपूरको कास्टिङलाई लिएर प्रश्न उठेको थियो ।

यो भूमिकाका लागि उनलाई सामाजिक सञ्जालमा ट्रोल पनि गरिएको थियो । अहिले रणवीर आफैंले यी प्रश्नहरूमा आफ्नो मौनता तोडेका छन् ।

एक अन्तर्वार्तामा, रणवीरले पहिलोपटक ट्रोललाई सम्बोधन गरेका हुन् । उनले भगवान रामको कुनै निश्चित छवि नभएको बताएका छन् ।

रणवीरले भने, “यसका लागि अफर आएपछि मेरो दिमागमा आएको पहिलो प्रश्न थियो, के म यो जिम्मेवारीको लागि योग्य छु ? म केवल एउटा पात्र मात्र होइन, भगवान रामलाई पर्दामा प्रस्तुत गर्दैछु ।”

उनले थप भने, “समयसँगै उनले बुझे कि यो एउटा ठूलो जिम्मेवारी हो, जुन उनले पूर्ण समर्पणका साथ पूरा गर्नुपर्छ ।”

उनले रामको कुनै निश्चित छवि जभएको र सबैको आफ्नै दृष्टिकोण हुने उनले बताएका छन् । “सबैको आफ्नै दृष्टिकोण हुन्छ । रामायण सुन्ने वा हेर्ने सबैको भगवान रामको एक अद्वितीय छवि हुन्छ । त्यसैले, केही मानिसहरूलाई मेरो कास्टिङ गलत लाग्न सक्छ, जबकि अरूलाई यो सही लाग्न सक्छ,” उनले भनेका छन् ।

तर, यथार्थमा राम भावना र विश्वास भएकाले अभिनेताले यो भूमिकालाई साँच्चै चित्रण गर्न सक्छ भन्ने लागेको उनले प्रस्ट पारेका छन् ।

फिल्ममा रावणको भूमिका निर्वाह गर्ने साउथ सुपरस्टार यशले पनि रणबीर कपूरलाई समर्थन गरेका छन् । यशले भने, “पर्दामा भगवान रामको भूमिका निर्वाह गर्नु सजिलो काम होइन । रणवीरले यसको लागि दिनरात मेहनत गरेका छन् । जब दर्शकहरूले सिनेमाघरमा फिल्म हेर्छन्, उनीहरूले रणवीरको अभिनयमा त्याग, समर्पण र भावनाको सुन्दर प्रदर्शन देख्नेछन् ।”

‘रामायणम्’ भारतकै सबैभन्दा ठूलो फिल्म हो । यसको बजेट चार हजार करोड भारु रहेको छ । नितेश तिवारीद्वारा निर्देशित ‘रामायणम्’ नमित मल्होत्रा र साउथ स्टार यशले संयुक्त रूपमा निर्माण गरिरहेका छन् ।