दीपमालाले जितिन् मिस नेपालको उपाधि

काठमाडौं ।  मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् ।

द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा अन्य २३ जनालाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको ताज हात पारेकी हुन् ।

दीपमालाले यसअघि मिस नेपाल हङकङ इन्टरनेश्नलको उपाधिसमेत जितेकी छन् ।

त्यस्तै आर्या निशान्त मिस नेपाल इन्टरनेसनल र कोसिस सुब्बा मिस नेपाल कस्मो घोषित भएका छन् ।

कशिस सुब्बाले अन्तर्राष्ट्रिय मञ्चमा १८ वर्षको उमेरमै नेपाललाई प्रतिनिधित्व गरेकी थिइन् ।