युट्युबमा रिलिज भयो ‘बेहुली फ्रम मेघौली’
काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’ युट्युबमा रिलिज भएको छ ।
चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारीलगायतको अभिनय छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ ।
चलचित्रमा लगानी पनि अभिनेत्री स्वस्तिमा र निर्देशक निश्चलको छ । कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।




