अहिलेकी व्यस्त नायिका अञ्जना, रिलिज मिति कुर्ने पनि उनै, बाक्लो लाइनअप पनि उनकै
काठमाडौं । नेपाली चलचित्र उद्योगमा अहिलेसम्मकै हिट सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ दिएकी अञ्जना बराइली अहिलेकी ब्यस्त नायिका हुन् ।
‘महापुरुष’बाट नेपाली रजतपटमा डेब्यु गरेकी अञ्जनाले ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनय गरेसँगै उनको व्यस्तता बढेको हो । उनले ‘महापुरुष’ र ‘पूर्ण बहादुरको सारङ्गी’सँगै ‘परिवर्तन’, ‘पहाड’, ‘महाभोज’, ‘डोरी’, ‘पुजार सार्की’ र ‘चित्रा’ रिलिज भइसकेका छन् ।
यसमध्ये ‘पूर्ण बहादुरको सारङ्गी’, ‘महापुरुष’ र ‘पूजार सार्की’ हिट सिनेमा हुन् । तीनवटा सिनेमा हिट हुँदा पनि उनी व्यस्त बनेकी हुन् ।
उनले भर्खरै चलचित्र ‘सिन्दुरे जात्रा’ छायांकन सकेर आएकी छन् । यो सिनेमा आगामी मंसिर ४ गते रिलिज हुने छ । यसअघि उनले ‘भटभटे’को छायांकन गरेकी थिइन् । यो चलचित्र पोष्ट-प्रोडक्सनको काममा बसेको छ ।
अहिले उनी चलचित्र ‘आशा’मा छिन् । यो सिनेमाको एक सातादेखि काठमाडौं उपत्यका आसपासका क्षेत्रमा छायाकंन भइरहेको छ ।
यसबाहेक अञ्जनाले दुईवटा सिनेमामा साइन गरेर बसेकी छन् । उनका सिनेमाको लाइनअप हेर्दा उनी अहिलेकी व्यस्त नायिकामा उनको नाम अगाडि देखिएको छ ।
उनका रिलिज हुन बाँकी सिनेमा भने बक्सअफिसमा कति सफल हुनेछन्, त्यसैले उनी आगामी दिनमा कति व्यस्त हुने वा खाली बस्ने निर्धारण गर्नेछ ।




