कमल खत्रीको ‘यो आँखामा’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार कमल खत्रीको नयाँ गीत ‘यो आँखामा’ सार्वजनिक भएको छ । प्रेम र भावनालाई केन्द्रमा राखिएको गीतमा कमल खत्री र गायिका शोभा अधिकारीको स्वर सुन्न सकिन्छ ।

शालु श्रेष्ठको शब्द रहेको गीतमा कमल खत्री स्वयंको संगीत छ । गीतलाई विजेश्वर तन्डुकारले संगीत संयोजन गरेका हुन् भने राजेश तन्डुकारले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

किरण थापाले कोरियोग्राफी तथा निर्देशन गरेको सार्वजनिक भिडियोमा करन सुनार र साहार बसेल फिचर्ड छन् । जसमा उनीहरूबीचको आकर्षक प्रस्तुति र नृत्यलाई विशेष रूपमा देखाइएको छ । प्रेमिल भावमा आधारित गीतको भिडियोमा करन र साहारको केमेस्ट्रीसँगै उनीहरूको नृत्यलाई पनि प्राथमिकता दिइएको छ ।

भिडियोको छायांकन, सम्पादन तथा कलरको जिम्मेवारी पवन सुस्लिङ्गले सम्हालेका छन् । छायांकन तथा सम्पादनमा उनलाई प्रवेश खत्रीले साथ दिएका छन् ।