फ्राइडे रिलिजमा ‘अक्षरा’ आजबाट हलमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट ‘अक्षरा’ प्रदर्शनमा आएको छ ।

‘अक्षरा’लाई विनयराज पौडेलले निर्देशन गरेका छन् । आफ्नो छोरीले सुख पाउछे भन्दै चिन्दै नचिनेको धनी केटासँग विवाह गराइदिएपछि उत्पन्न हुने पारिवारिक समस्याका बारेमा यो फिल्मको कथा केन्द्रित छ ।

चलचित्रमा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसीलगायतको अभिनय छ ।

उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन् ।