‘मिस्टर एण्ड मिस लिटिल कोशी सिजन १०’को अडिसन जारी
काठमाडौं । १० औं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी सिजन १०’को अडिसन भइरहेको छ ।
प्रतियोगिताका लागि ५ वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुले अडिसन दिइरहेका छन् ।
यो अडिसन विराटनगर, इटहरी, धरान, गछिया, विराटचोक, उर्लाबारी, दमक र बिर्तामोडमा भइरहेको हो ।
अडिसनमा ‘मिस कोशी’का विजेता, स्थानीय समाजसेवी, मिडियाकर्मी निर्णायक रहेको बताए ।
प्रतियोगिताको छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीहरुलाई दशैको छुट्टीमा प्रशिक्षणमा राखिनेछ ।
आयोजकका अनुसार छठपछि प्रतियोगिताको फिनाले हुनेछ ।


