चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन् । पण्डितलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
बोर्ड अध्यक्ष पदका लागि ११ जनाले आवेदन दिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल बोर्ड अध्यक्ष रहेको समयमा पण्डितले बक्सअफिस जडान प्रक्रियामा काम गरेका थिए ।


