बक्सअफिसमा ‘बाः एक योद्धा’को कमाई साढे ३ करोड

काठमाडौं । असोज ९ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बाः एक योद्धा’ले करिब ३ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

हरि लम्सालको निर्देशनमा बनेको ‘बाः एक योद्धा’ले हालसम्म ३ करोड ४५ लाख १८ हजार ७९८ रुपैयाँ ग्रसकलेक्सन गरेको बक्सअफिस रिपोर्टमा उल्लेख छ ।

यो चलचित्रका हालसम्म १ लाख २४ हजार ३०३ वटा टिकट बिक्री भएका छन् ।

पारिवारिक भावना, बुवाको त्याग र संघर्षलाई मुख्य विषय बनाएको यो चलचित्रले सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने समर्पण तथा वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने चुनौतीलाई कथामा प्रस्तुत गरेको छ ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, सागर खनाल, अनिल बुढाथोकीलगायत कलाकारको अभिनय छ ।