धम्पुसमा सुरु भयो ‘बाकस’को सुटिङ, वर्षासहित को-को छन् कलाकार ?
काठमाडौं । नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘बाकस’को छायांकन सुरु भएको छ । कास्कीको पर्यटकीय क्षेत्र धम्पुसबाट सिनेमाको छायांकन थालिएको हो ।
पिके इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउँवाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवलगायत कलाकारको अभिनय रहनेछ ।
त्यस्तै, बाल कलाकारहरू सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायत देखिनेछन् ।
‘बाकस’मा सुजिता चौलागाईं निर्माताका रूपमा रहेकी छन् । राजन सिंह केसी र छत्रबहादुर खड्का सह-निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माताको जिम्मेवारी धिरेन्द्र पन्त (धिरुभाइ) हुन् ।
महेश पौडेलको छायांकन रहने चलचित्रमा मणि तामाङले मुख्य सहायक निर्देशक, सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईं सहायक निर्देशकका रूपमा रहेका छन् ।
चलचित्रमा किरण दाहाल द्वन्द्व निर्देशन, उर्मिला लामा शृंगार, अस्मिता सापकोटा हेयर स्टाइलिङ, सियोन श्रेष्ठ कोरियोग्राफी, दीपक शर्मा र सनम पुरुष राई संगीत, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन् ।

