पल र प्रदीपसँग स्क्रिन सेयर गर्दै सिम्रन
काठमाडौं । पल शाह र प्रदीप खड्कालाई लिएर कृषा चौलागाईं र विशाल चौलागाईंले बनाउन लागेको फिल्म ‘उही तिम्रो’को आज शुभ मुहूर्त गरिएको छ ।
यी दुई नायकको साथमा फिल्ममा राईजिङ स्टार सिम्रन पन्त देखिँदै छिन् । जुना विश्वकर्माले यही फिल्ममार्फत डेब्यु गर्दै छिन् ।
मङ्सिरबाट म्याग्दीको रमणीय स्थल मार्फत छायांकन सुरु हुने फिल्मको अन्य भागको छायांकन भने काभ्रेको बनेपामा गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
फिल्ममा प्रदीप पल, सिम्रन र जुनाको साथमा लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना, सुरज तमु, जुना विश्वकर्मा लगायतको अभिनय रहने छ । फिल्मको कथा तथा संवाद अभिमन्यु निरबीले लेखेका हुन् ।
कृषा चौलागाईंको निर्देशन रहने फिल्म पुरुषोत्तम प्रधानले खिच्ने छन् । विशाल चौलागाईंको निर्माण रहने फिल्मको फाइनान्स म्यानेजर सविन ढुङ्गाना रहने छन् भने प्रोडक्सन म्यानेजर रविन बख्रेल रहेका छन् ।
सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहने फिल्ममा मुख्य सहायक निर्देशक वसन्त अधिकारी रहने छन् ।
आरआर फिल्म्सले वितरण गर्ने फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ रहने छन् । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहने निर्देशक कृषाले जानकारी दिएकी छन् । फिल्म आगामी नयाँ बर्षबाट प्रदर्शनमा आउने छ ।


