karsang
Close Me

बलिउड अभिनेत्री उर्वशी सुटिङका ​​क्रममा गम्भीर घाइते

बलिउड अभिनेत्री उर्वशी रौतेला हैदरावादमा चलचित्रको सुटिङका ​​क्रममा गम्भीर घाइते भएकी छन् ।

उर्वशी हैदराबादमा नन्दमुरी बालकृष्णको आगामी तेलुगु चलचित्र एनबीके १०९ को सुटिङ गरिरहेकी थिइन् । यो चलचित्रको एक्शन सिक्वेन्सको सुटिङका ​​क्रममा उनी गम्भीर घाइते भएकी हुन् ।

भारतीय समाचारमाध्यमका अनुसार र्वशीको हात भाँचिएको र त्यसपछि उनलाई अस्पतालमा भर्ना गरियोको उल्लेख गरिएको छ।

यतिबेला उनी चोटका कारण निकै चिन्तित रहेको अभिनेत्रीको टोलीबाट बताइएको छ । हाल उनको अस्पतालमा उपचार भइरहेको छ । उनी पूर्ण रुपमा निको भएपछि चलचित्रको फेरि सुटिङ सुरु गर्नेछिन् ।

यो फिल्म तेलुगु सुपरस्टार नन्दमुरी बालकृष्णको १०९ औं चलचित्र हो । त्यसैले चलचित्रको अस्थायी शीर्षक ‘एनबीके १०९’ राखिएको छ । फिल्मको छायांकन नोभेम्बर २०२३ बाट सुरु भएको थियो । यसमा बबी देओल, प्रकाश राज र दुल्कर सलमान पनि छन् । जहाँ नन्दमुरी बालकृष्ण मुख्य भूमिकामा छन् । यो चलचित्रलाई बबी कोल्लीले निर्देशन गर्दैछन् ।