समीक्षाको स्टाटसपछि महेश बस्नेतले सच्च्याए आफ्नो पोस्ट

काठमाडौं । गायिका समीक्षा अधिकारीले एमाले नेता महेश बस्नेताको फेसबुक स्टाटसप्रति आपत्ति जनाएकी छन् । उनको स्टाटसले आफूलाई विक्षिप्त बनाएको समेत बताएकी छन् ।

प्रधानमन्त्रीले साहसी चेली भनेर लेखेकै दिन महेश बस्नेतका स्टाटसले आफू विक्षिप्त भएको उनको भनाइ छ ।

समीक्षाले लेखेकी छन्-
हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो । तर, त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्रहत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु । जनताको अदालतभन्दा ठूलो अरु केही छैन । जीन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ । यो तीन करोड जनतालाई थाहा छ।धेरै भन्ने नपार्नुस् । बस्नेत ज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउथ्यो ?

महेश बस्नेतले समीक्षाको स्टाटस आएपछि आफ्नो स्टाटस सच्याएका छन् । आफ्नो उद्देश्य कसैको चरित्रहत्या गर्ने नरहेको भन्दै केही सच्याएको बताएका छन् ।

उनले लेखेका छन्,
आजको मेरो स्टाटस आफूमाथि भएको निरन्तरको प्रहार र आक्रमणको बारेमा केही स्पष्ट पारेको मात्रै हुँ। सोही विषय लेख्दा केही सन्दर्भहरू जोडिएका थिएँ । कसैको चरित्र हत्या गर्ने वा बदनाम गर्ने उद्देश्यले थिबिल्कुल होइन ।
कतिपय पुराना पीडालाई कोट्याउने मनसाय पनि थिएन । तर, समीक्षा बहिनीको टिप्पणीप्रति संवेदनशील बन्दै यदि मेरो अभिव्यक्तिमा कतै कमजोरी भएको भए म त्यसप्रति क्षमाप्रार्थी हुँदै बहिनीको भावना बुजेर मैले स्टाटसलाई केही संशोधन गरेको छु ।