‘माइतीघर’पछि तत्काल ‘भाइटीका’ बनाउँदै रोहित, तिहारमा रिलिज

काठमाडौं । निर्माता रोहित अधिकारी चलचित्र ‘माइतीघर’पछि तत्काल अर्को चलचित्र निर्माणमा जुट्ने भएका छन् ।
अर्को तिहारका लागि रोहितले अहिलेदेखि नै चलचित्र निर्माणको तयारी थालेका हुन् । चलचित्र ‘भाइटीका’लाई दिपक वलीले निर्देशन गर्नेछन् । यो सिनेमा अर्को वर्षको तिहारमा रिलिज गर्ने तयारीमा रोहित रहेको स्रोतको भनाइ छ ।
चलचित्रको कथा महेश दवाडीले लेखिरहेको बताइएको छ । चलचित्रमा संगीतकार शम्भुजित वास्कोटाको संगीत रहनेछ । तिहारका अजर अमर गीत शम्भुजित वास्कोटाका छन् ।
चलचित्रमा कोको कलाकार रहने त्यो भने निश्चित हुन बाँकी रहेको स्रोतले बताएको छ ।
स्टारकास्ट रहेको ‘माइतीघर’ अहिले पोस्टप्रोडक्सनमा छ । यो सिनेमा दशैँको फूलपातीमा रिलिज हुँदैछ । रोहित स्टारकाष्ट लिएर बिग बजेटमा सिनेमा बनाउँदै आएका सफल निर्माता हुन् ।
रोहितले यसअघि ‘गाजलु’, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’ निर्माण गरेका थिए ।