दाेस्राे विवाह गर्दै अभिनेता रमेश उप्रेती

काठमाडौं । रमेश उप्रेती कुनै समय नेपाली रजतपटकका चर्चित नायक हुन् । थुप्रै सिनेमामा काम गरेका उनी पहिलो रोजाईको नायक भएर पनि काम गरे ।

अमेरिका जाने कलाकारको लहर चलेका बेला उनी पनि त्यतै लागे । तर, समयक्रममा उनी नेपाल फर्किए । अहिले उनी यतै छन् । नेपाल फर्किएको पनि लामै समय बितिसकेको छ ।

चलचित्र ‘ब्रासलेट’बाट उनले नेपाली सिने नगरीमा कमब्याकको प्रयास गरे । तर यो सिनेमा सफल भएन । उनको कमब्याकको प्रयास पनि सफल भएन ।

‘ऐश्वर्य’बाट उनले फेरि कमब्याकको प्रयास गरे । तर यसले पनि उनको कमब्याक गराउन सकेन । उनी यतिबेला करिब–करिब फुर्सदिला छन् ।

उनै रमेश अहिले विवाहको तयारीमा छन् । पहिलो वैवाहिक जीवन सफल नभएपछि उनी दोस्रो विवाहको तयारीमा छन् ।

उनी निटक स्रोतका अनुसार रमेश मंसिरमा विवाह गर्दैछन् । चलचित्र उद्योगभन्दा बाहिरकी युवतीसँग उनले विवाह गर्न लागेको बताइएको छ । परिवारले नै खोजेको युवतीसँग उनले विवाह गर्न लागेका हुन् ।

युवती अहिले अष्ट्रेलियामा रहेको स्रोतको भनाइ छ ।

रमेश र किरण राणाबीचको सम्बन्ध टिक्न नसकेपछि उनी एक्लै बस्दै आएका थिए । रमेशसँग किरणको दोस्रो विवाह थियो । पहिलो श्रीमानसँग डिभोर्स भएपछि किरणले रमेशसँग विवाह गरेकी थिइन् ।

विवाहपछि रमेश अमेरिका गएर बसे । किरण पनि केही समयपछि अमेरिका गएकी थिइन् । एक दशकपछि नेपाल फर्किएर रमेशले चलचित्र ‘ऐश्वर्य’ बनाएका थिए ।

रमेश अहिले बूढानीलकण्ठको सुन्दरबस्तीमा बस्दै आएका छन् ।