‘माइली’मा मोडल कुसुम शर्मा अनुबन्धित

काठमाडौं । चलचित्र ‘माइली’मा मोडल कुसुम शर्मा अनुबन्धित भएकी छन् । बाबू साहेब बलामीको निर्देशन रहने चलचित्रमा कुसुमले अभिनय गर्न लागेकी हुन् ।

निर्माणपक्षले कुसुमको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा उनलाई कालो चस्मामा गम्भीर भावमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।

कुसुमको अनुबन्धसँगै फिल्मका लागि कलाकारको लाइनअप पूरा भएको छ । यसअघि फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन अनुबन्धित भइसकेका छन् ।

निर्देशक बलामीले चलचित्र सत्य घटनामा आधारित हुने बताएका छन् ।