नेपालमा सिक्वेलको दबदबा, दर्शकको भरोस सिक्वेलमा

काठमाडौं । नेपाली रजतपटमा सिक्वेलको दबदबा छ । सिक्वेल अथवा सिरिजको दबदबा रहेको छ ।
लामो समयदेखि नेपाली चलचित्र उद्योगलाई सिरिजले नै टिकाइरहेको छ । दर्शकले सिक्वेललाई नै रुचाएको देखिन्छ ।
समीक्षा जस्तो आए पनि दर्शकले भने सिक्वेलमा भरोसा गरेको देखिन्छ । पछिल्लो २५ वर्षको तथ्यांकले पनि यही नै पुष्टि गर्छ ।
व्यापारको दृष्टिले हेर्ने हो भने पनि पछिल्लो २५ वर्षमा सिक्वेलकै दबदबा छ ।
‘छक्का पञ्जा’ सिरिजका ५ वटा सिक्वेल ने दर्शकले रुचाएका छन् । ‘कबड्डी’का ४ वटा सिक्वेलले नै ठूलो परिमाणमा व्यापार गरेका छन् ।
‘जात्रा’को तीनवटै श्रृंखला ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘महाजा’ले अरु सिनेमाले भन्दा धेरै व्यपार गरेका छन् । २५ वर्षमा धेरै कमाउने २५ चलचित्रमा ‘पशुपतिप्रसाद’को सिक्वेल ‘पशुपतिप्रसाद–२ ः भष्मे डन’ पनि परेको छ ।
‘प्रेम गीत’को सिक्वेल ‘प्रेम गीत–३’ र ‘परदेशी’को सिक्वेल ‘परदेशी–२’ले उच्च कलेक्सन गर्दा २५ वर्षमा सबैभन्दा धेरै कमाउने २५ चलचित्रमा परेमका छन् । यी पनि सिक्वेल नै थिए ।
यसले के पुष्टि गरेको छ भने नेपालमा दर्शकले धेरैजसो भरोसा सिक्वेलमा गरेका छन् ।
सिक्वेल नहुने हो भने सिनेमा हल सञ्चालन हुन पनि कठिन अवस्था तथ्यांकले देखाएको छ । अरु चलचित्र पनि नचलेका होइनन् । तर, तिनको तुलनामा सिक्वेलले धेरै व्यापार गरेको २५ वर्षको बक्सअफिस तथ्यांकले पुष्टि गरेको छ ।
कबड्डी ४ ले २१ करोड ४० लाख, छक्का पञ्जा ४ ले १७ करोड ५३ लाख, छक्का पञ्जाले १६ करोड १० लाख, महाजात्राले १५ करोड ६७ लाख, छक्का पञ्जा ५ ले १५ करोड २० लाख, छक्का पञ्जा २ ले १४ करोड ५१ लाख, कबड्डी २ ले १० करोड ३५ लाख, परदेशी २ ले ७ करोड ९२ लाख, छक्का पञ्जा ३ ले ७ करोड ८३ लाख, प्रेम गीत ३ ले ७ करोड ६३ लाख, कबड्डी कबड्डी कबड्डी ७ करोड ५९ लाख, कबड्डीले ७ करोड ३४ लाख र पशुपति प्रसाद २–भष्मे डन ७ करोड ३२ लाख रुपैयाँ बक्सअफिसमा कलेक्सन गरेका थिए ।
दसैँमा आउने नेपाली चलचित्र, छक्का पञ्जा र कबड्डीका सिरिज नआउने हो भने नेपालका सिनेमा हल रन हुन नै कठिन हुने हल सञ्चालकहरुले बताउँदै आएका छन् ।
परिवारसहित सिनेमा हेर्न जाने दर्शक कि छक्का पञ्जा कि कबड्डीको सिक्वेललाई पर्खिएर बस्ने गरेको स्वयं निर्माता र हल सञ्चालकहरूले बताएका छन् । यी सिनेमाले नेपालमा फिल्म हेर्ने कल्चरको विकास गर्न सहयोग गरिरहेका छन् । यसलाई सिक्वेलको व्यापारले पनि पुष्टि गरेको छ ।