तीन दिनअघि मात्रै खुलेकाे कपिल शर्माकाे क्याफेमा गोली चल्याे

काठमाडाैं । कमेडी किङको नामले प्रसिद्ध कपिल शर्माकाे क्याफेमा गोली चलेकाे छ । तीन दिनअघि मात्र क्यानडामा आफ्नो नयाँ क्याफे ‘क्याप्स क्याफे’ खोलेका थिए ।
बुधबार राति क्याफेमा गोली चलेकाे खबर आइरहेको छ । मिडिया रिपोर्टका अनुसार क्याफेमा धेरै राउन्ड गोलीबारी भएको छ ।
राम्रो कुरा के छ भने कोही पनि मारिएनन् । खालिस्तानी आतंककारी हरजीत सिंह लाडीले आक्रमणको जिम्मेवारी लिएका छन् । यो खबर सुनेपछि कपिलका फ्यानहरू धेरै दुखी छन् ।
रिपोर्टका अनुसार बन्दुकधारी कारमा आएर आक्रमणपछि त्यहाँबाट भागेको थिए । यद्यपि, आक्रमणकारीले क्याप्स क्याफेलाई मात्र लक्षित गरेको थियो वा कपिल शर्माको लागि धम्की थियो भन्ने कुरा अझै स्पष्ट भएको छैन ।
एनडीटीभीको रिपोर्ट अनुसार, खालिस्तानी आतंककारी हरजीत सिंह लाडीले यस आक्रमणको जिम्मेवारी लिएका छन् । भारतीय मिडियाबाट