‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ रिलिज

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत रिलिज भएको छ । चलचित्रको ‘उडायो मन’ बोलको गीत रिलिज भएको हो ।
जयन जे वाइवाले तयार पारेको गीतको संगीतसँगै शब्द र ऐरेन्ज पनि वाइवाकै छ । गीतमा इन्द्रकला राईको स्वर छ ।
गीतमा नेपाली भाषासँगै थारु भाषाको गीतसमेत मिश्रण गरिएको छ । सो गीतका मूल सर्जक केशवराज महतो हुन् । थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन् ।
गीतको भिडियोमा सिनेमाकी शीर्ष अभिनेत्री स्वस्तिमा खड्का मुख्यरूपमा फिचर्ड छिन् । उनीसँगै सिम्रिक खड्का तथा निश्चल बस्नेत पनि फिचर्ड छन् ।
असोज १७ गते घटस्थापनाका दिनबाट रिलिज हुने चलचित्रमा निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारीलायत कलाकारको अभिनय छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरूको डेव्यु निर्देशकिय सिनेमा हो ।