लुनाले हात पारिन् ‘मिस नेपाल-२०२५’ को उपाधि

काठमाडौं । ‘मिस नेपाल-२०२५’ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् ।
ललितपुरमा रहेको सनराइज कन्भेन्सन सेन्टरमा शनिबार आयोजित फिनालेमा यस वर्षको मिस नेपाल उपाधि लुँइटेल बनेकी हुन् ।
उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइ दिएकी हुन्।
आयोजक संस्था ‘द हिडन ट्रेजर’द्वारा काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल अर्थ सोनि घले र सेकेन्ड रनर अप एवं मिस इनटरनेशनल उरुषा भण्डारी भएका छन् ।