‘पूरा भयो सपना मेरो’ बनाउँदै मिलन आले

काठमाडौं । निर्देशक मिलन आले मगरको निर्देशनमा ‘पूरा भयो सपना मेरो’ नामक फिल्म बन्ने भएको छ । सामाजिक प्रेमकथानक फिल्मको छायांकन दशैँ लगतै सुरु गरिने बताइएको छ । 

रोशिका फिल्मसको प्रस्तुति रहेको फिल्मका कलाकार र प्राबिधिक बारे भने केही दिनमै जानकारी दिइने निर्देशक आले मगरले बताए । एकराज थापा निर्माता रहेको फिल्मको कथा पनि उनैकाे हाे ।

यसअघि ‘लक्ष्य’, ‘सत्या’,’हिड्दा हिड्दै’ लगायतका फिल्म निर्देशन गरेका निर्देशक आले मगर ‘पूरा भयो सपना मेरो’ भरपुर मनोरञ्जन हुने बताउँछ्न् ।