आजतकले राजेश हमाललाई भन्यो– नेपाली सिनेमाका ‘अमिताभ बच्चन’, सम्पत्ति ४२० करोड रुपैयाँ रहेको दाबी

काठमाडौं । नेपालको चलचित्र जगतमा यदि कुनै नाम अमर भएको छ भने त्यो हो राजेश हमालको । ‘महानायक’ वा ‘सुपरस्टार’ भनेर चिनिने यी अभिनेता नेपाली चलचित्र उद्योगमा मात्र प्रसिद्ध छैनन्, सांस्कृतिक आइकन पनि हुन् ।

जेनजीको आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा नेपालको बिग्रँदो अवस्थाको बीचमा, राजेश हमालले युवाहरूलाई देशको सम्पत्तिलाई क्षति नगर्न पनि अपिी गरेका छन् ।

९ जुन १९६४ मा नेपालको पाल्पामा जन्मिएका राजेशले तीन दशकभन्दा बढी समयदेखि ३०० भन्दा बढी चलचित्रहरूमा काम गरिसकेका छन् ।

स्टाइलिस लुक र बहुमुखी अभिनयका उनले नेपाली सिनेमालनई नयाँ उचाइमा पुर्र्याए । उनले रोमान्टिक हिरोदेखि एक्सन स्टारसम्मका सिनेमामा काम गरेका छन् । आजतकले राजेशले नेपाली सिनेमालाई कमर्सियल टच दिएको बताएको छ ।

उनको अनुमानित कुल सम्पत्ति ४२० करोड रुपैयाँ रहेको आजतकले उल्लेख गरेको छ । जुन नेपाली कलाकारहरूमध्ये सबैभन्दा बढी हो । आजतक