राजेश पायल राईले जेन–जीसँग मागे सञ्चार तथा पर्यटनमन्त्री

काठमाडौं । गायक राजेश पायल राईले आफूलाई सञ्चार तथा पर्यटन मन्त्री बनाउन जेन–जीसँग माग गरेका छन् ।
उनले विहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई सञ्चार र पर्यटन मन्त्रालयको नेतृत्व दिने हो भने राम्रोसँग काम गर्न सक्ने बताएका छन् ।
पर्यटन र संगीत क्षेत्रको राम्रो ज्ञान भएको बताउँदै, उनले आफूले यी क्षेत्रमा योगदान दिनसक्ने विश्वास व्यक्त गरेका छन् । आँट गरे सबै कुरा सम्भव हुने उल्लेख गर्दै, विदेश भ्रमणको अनुभव आफूले सबैभन्दा धेरै हासिल गरेको दाबी पनि गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् – GEN_Z भाइहरु मलाइ सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस प्रधानमन्त्री मागेको छैन किनकि म सन्चार र पर्यटन स्म्हाल्न सक्छु यदी म भन्दा धेरै विदेश कोही पुगेको प्रमान ल्याउ मेरो PASSPORT र तिम्रो Passport Check गरु यो मेरो दावा हो,मलाई थाहा छ पर्यटन र संगीतको बिकाश ! आँट गर्नै हो भने असम्भब कही छैन #genz #GenZVoices.