सोमबारदेखि हलहरु खुल्ने

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको कारण बन्द रहेका देशभरका सिनेमा हलहरु सञ्चालनमा आउने भएका छन् ।

आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सोमबारदेखि हलहरु सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

तोडफोड र आगजानीबाट ध्वस्त हलबाहेकका १ सय ६४ वटै हल खुल्ने भएका छन् ।

आन्दोलनको दोस्रो दिन भौतिक संरचनामा तोडफोड र आगजनी हुँदा एउटा हल पूर्ण रूपमा जलेर ध्वस्त भएको छ भने चारवटा अन्य हलमा पनि क्षति पुगेको छ । कुल पाँचवटा हलमा गरी करिब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान संघले गरेको छ ।

 विगत ६ दिनदेखि बन्द रहेका देशभरका हल खुल्ने भएसँगै प्रदर्शनरत चलचित्रहरू ‘मोहर’,‘जनै हराएको मान्छे’, ‘कोशेढुंगा’, ‘रिमै’ लगायतका प्रदर्शन हुनेछन् ।

राती १० बजेभित्र सिनेमा हल बन्द गर्ने गरि हलहरु सञ्चालनमा आउने भएको छ ।