शिव परियार- जो आफैँ गीतलाई दुर्गन्धित बनाउन लाम लागे
१३ श्रावण २०८१, आईतवार
शिव परियार आफैँमा सांगीतिक क्षेत्रका लागि गर्विलो नाम हो । उनका लागि यो वाक्य खर्चिँदा अन्यथा मान्नु पर्दैन ।
एउटा नेपाली उखानलाई सापटी लिएर ? ‘… लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ ।’ आखिर यो चरितार्थ भएरै छाड्यो, त्यो पनि शिव परियारको सन्दर्भमा ।
क्लासिकल हाइ रेन्जको भोकलमा निर्विकल्प जस्तै रहेका शिव उही भीडमा मिसिन पुगे । गीतलाई दुर्गन्धित बनाउन लाम लागे ।