‘सिन्धुली गढी घुमेर हेर्दा’ ४६ वर्षपछि रिमेक

काठमाडौं । लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक गरिएको छ । कृष्ण विक्रम थापाको स्वर रहेको गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमई’लाई राजु थापाले रिमेक गरेका हुन् । रि–एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका छन् ।
राजु स्वर्गीय कृष्ण विक्रम थापाका जेठा छोरा हुन् । विसं २०३६ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको गीतले रेडियो नेपालमा प्रथम पुरस्कार समेत जितेको थियो । यो आम नेपालीको जिव्रोमा झुन्डिएको लोकप्रिय गीत हो ।
यो गीतमा शब्द, संगीत र स्वर कृष्णविक्रम थापाले दिएका थिए । ४६ वर्षपछि पुनः सोही गीत उनका जेठा छोराले रेकर्ड गराएका हुन् ।
सिन्धुलीको सान बोकेको गीतको भिडियो समेत तयार पारिएको छ । भिडियो छायांकन सिन्धुली जिल्लाकै विभिन्न स्थानमा गरिएको छ ।
भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्की मुख्य भूमिका
छ । पवन केसी, सत्य देवी, पवित्रा रम्तेल तथा काजी थापा पनि भिडियोमा देखिएका छन् ।
बासु बरालको सिनेमेटोग्राफी रहेको भिडियो निर्देशन क्रान्ति केसीले गरेका छन् । गीत म्युजिक नेपालको युट्युब च्यानलमा सुन्न सकिन्छ ।