कहाँ-कहाँ आक्रामक छ ‘माइतीघर’को व्यापार ?

काठमाडाैं । फूलपातीको दिनबाट रिलिजमा आएको फिल्म ‘माइतीघर’को व्यापार मोफसल बाहिर पनि आक्रामक देखिएको छ । आज रिलिजको सातौं दिनसम्म आइपुग्दा फिल्मको व्यापार मोफसलमा थुप्रै शहरमा आक्रामक देखिएको वितरण कम्पनीले जनाएको छ ।
यो फिल्मको आज पोखरा, चितवन, दाङ, कावासोती, नेपालगञ्ज, वुटवल, सुर्खेतमा व्यापार आक्रामक देखिएको छ । यस्तै, पूर्वका हलमा पनि फिल्मको व्यापार सुखद रहेको निर्माणपक्षले बताएको छ ।
नायक धिरज मगर, नायिका उपासना सिंह ठकुरी, कलाकार केदार प्रसाद घिमिरे, वुद्दि तामाङ, प्रकाश सपुत लगायतका कलाकारहरु पश्चिम जाने निर्माणपक्षले बताएको छ । रोहित अधिकारीको निर्माणमा तयार भएको फिल्ममा मिलन तामाङको निर्देशन छ ।