‘मैझारो’काे दोस्रो गीत ‘साकेला नाचौं’ सार्वजनिक

काठमाडौ । फिल्म ‘मैझारो’मा समावेश दोस्रो गीत ‘साकेला नाचौ ’रिलिज भएको छ । निर्माण पक्षले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा दोस्रो गीत रिलिज गरेको हो ।
राजेश पायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङकाे हाे भने संगीत तोरेम्पाहाङ राईले भरेका छन् ।
ओएसआरको युटुब च्यानलबाट रिलिज गरिएको यो गीतमा दुई जोडी कलाकारले नाचेका छन् । दयाहाङ राई, दीया पुन, धिरज मगर र मिरुना मगर छन् ।
नेपालको पूर्वी जिल्लामा रहेका राई समुदायले आफ्नो पर्वको रुपमा साकेला नाच राख्दै आएका छन् । किराँतहरूले उधौली र उभौलीको समयमा साकेला नित्य गर्ने गरिन्छ ।
हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशकिय फिल्म हो । नेपाली मौलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज, मिरुनाका साथमा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ । कातिक ७ गतेबाट अल नेपाल रिलिज हुन लागेको यो फिल्मको निर्माण कम्पनी तक्मे प्रोडक्सन हो ।