‘जेरी अन टप’को ट्रेलरलाई दर्शकको साथ

काठमाडौं । सार्वजनिक प्रदर्शनको लागि एक हप्ता मात्रै बाँकी रहँदा रिलिज भएको चलचित्र ‘जेरी अन टप’को ट्रेलरले राम्रो साथ पाएको छ । शुक्रबार दिउँसो युट्यूवमा सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ पहिलो नम्बरमा आएको छ ।

हाल ‘जेरी अन टप’ट्रेलर युट्युबको नेपाली चार्टसमा शीर्ष स्थानमा छ । सँगसँगै दर्जनबढी देशमा यो ट्रेलर युट्युब उत्कृष्ट १० ट्रेण्डिङ भित्र छ ।

डिजिटल पार्टनर बुढासुब्बा डिजिटलको युट्यूवमा मात्रै हालसम्म झण्डै साढे ३ लाख पटक हेरिएको ट्रेलरमा २१ हजारबढी लाइक प्राप्त छ ।

तीन हजार प्रतिक्रिया आएको छ । ‘जेरी अन टप’मा अनमोल केसीसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी अभिनयमा छन् । असोज ३१ गतेबाट रिलिज हुने चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् ।