प्रचारमा ‘मैझारो’ सहरमा सांगीतिक प्रस्तुति, अटोदेखि ई- रिक्सासम्म पोस्टर

काठमाडौं । चलचित्र ‘मैझारो’को प्रचारप्रसार व्यापक सुरु भएको छ । कात्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको निर्माण टिमले प्रचार सुरु गरेको हो । पूर्वका विभिन्न सहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

यतिबेला पूर्वका अधिकांश इ–रिक्सा र अटोमा मैझारोको पोस्टर देखिन्छ। गायक तथा हास्य कलाकार समेत रहेका फिल्मका निर्देशक तथा निर्माता विल्सन विक्रम राईले आफ्नो फिल्मलाई दर्शकमाझ पुर्याउन कसिएर लागेका छन् ।

उनी आफ्नै सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई हँसाउदै सांगीतिक धमाका दिदैछन् । उनीसँग राई इज किङ गायक राजेश पायल राई, संगीतकार तथा गायक अनमोल गुरुङका साथै फिल्मका मुख्य कलाकारहरुको प्रस्तुति रहनेछ ।

हिजो बिहिबार धरानमा फिल्मको प्रचारका रुपमा कन्सर्टको आयोजना गरिएको थियो । आज आफ्नै गृह जिल्ला झापामा विल्सन विक्रम राईको टिमले सांगीतिक प्रस्तुति दिदै छ । असोज २५ गते बिर्तामोडको मुक्ती चोकमा कार्यक्रम हुनेछ ।

निर्माण पक्षले झापाको बिर्तामोड, दमक, मोरङको बेलबारी, सुनसरीको इटहरी, धरानमा सांगीतिक कार्यक्रमको आयोजना गरेको हो । निर्देशक राईकै लगानी र लेखन रहेको यस फिल्मले मौलिक प्रेम कथालाई बोल्ने छ ।

धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले लगायतका कलाकारको अभिनय रहेको छ ।