चलचित्र ‘महादशामा’ पूजा शर्मा अनुबन्धित

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन अभिनेत्री पूजा शर्मा ‘महादशा’मा अनुबन्धित भएकी छन् । उनलाई निर्माण टिमले मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको जनाएको छ ।
निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने यो फिल्मका लागि यसअघि निरुता सिंह, उत्तम प्रधानका साथै हिपहप कलाकार हाकिम गुरुङ, प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन् ।
अन्य कलाकारमा विनोद न्यौपाने, रियर राई, प्रभात लामा, रामचन्द्र अधिकारी, कमल देबकोटालगायत छन् ।
निरुता र उत्तम कालजयी चलचित्र ‘दर्पणछाया’को जोडीको रुपमा लोकप्रिय छन् ।
निर्देशक किरण नेपालीका अनुसार यो चलचित्रले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई कथाको रुपमा प्रस्तुत गर्नेछ ।
लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा मनिष गौतमको पटकथा, राज के शाह, श्याम मगर र अमलादेवी राई निर्माताको रुपमा छन् ।